काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार सामान्य अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ८ दशमलव २६ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९७४ दशमलव ५० विन्दुमा उक्लिएको छ ।
यस दिन ३११ धितोपत्रको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार ७६४ पटक खरिदबिक्री हुँदा तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ ४३ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.४% देखि ०.४२% सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये फाइनान्स, होटेल एण्ड टुरिजम र माइक्रोफाइनान्स घटेका छन् भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ ।
आज कारोबारमा आएका धितोपत्रमध्ये श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ प्रतिकित्ता १२४ रुपैयाँ ८० पैसा बढेको छ । यस्तै, आज उन्नती सहकार्यको ७.५२%, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ५.६९%, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५५% र एशिएन लाइफm इन्स्योरेन्क कम्पनीको शेयर मूल्यमा ५%ले वृद्धि आएको छ ।
FACEBOOK COMMENTS