![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
अफगानिस्तान । गत हप्ताको भारी वर्षा र बाढीका कारण उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा करिव ४० हजार बालबालिकाहरु घरबार बिहीन भएका छन् ।
धेरैले आफ्नो घर मात्र नभई आफ्नो विद्यालय र खेल्ने ठाउँहरू पनि गुमाएका छन् । धरैले आफन्तजन पनि गुमाएको बताएका छन् । विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूका अनुसार देशमा ३३० भन्दा बढीको मृत्यु भएको बताए । जसमा धेरै जसो बाघलान र केही तखार, बदख्सान र घोर प्रान्तका छन् ।
बाढीको कारण, विश्वव्यापी संगठनहरू र अफगान अधिकारीहरूले बढ्दो मृत्युको संख्या र विशेष गरी बालबालिकाहरूमा संक्रामक रोगको जोखिमको चेतावनी दिएका छन् । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा परेका देशमध्ये अफगानिस्तान पनि परेको छ । राष्ट्रले बाढी र खडेरी लगायतका अधिक चरम मौसमी अवस्थाहरू अनुभव गरिरहेको छ ।
FACEBOOK COMMENTS