काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे विरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दर्ता गराएका छन् ।
मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् । लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै पोखरेल अदालत पुगेका छन् ।
FACEBOOK COMMENTS