काठमाडौं । एमएडब्लू हायर पर्चेज प्रालि (एमएचपीएल) ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिङ मोबाइल एप ‘एमएचपीएल’ सेवा सुरू गरेको छ ।
आफ्ना ग्राहकहरूको सेवामा सहजता प्रदान गर्नका लागि सो मोबाइल एप सुरू गरिएको कम्पनीले जनाएको छ । ‘एमएचपीएल’ मोबाइल एप आजको डिजिटल युगमा महत्वपूर्ण ‘कोशेढुङ्गा’ सावित हुने विश्वास एमएडब्लूले गरेको जनाएको छ ।
हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास, लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल–टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरू ‘हायर–पर्चेज’ क्षेत्रका ग्राहकहरूका लागि अति जरुरी हुने देखिएकाले ‘एमएचपीएल’ मोबाइल एप निर्माण तथा सञ्चालनमा ल्याइएको आजको डिजिटल युगमा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागू हुने उनको भनाइ छ ।
‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रूपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने र अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रूपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने एमएचपीएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ले बताए ।
‘एमएचपीएलमा हामी हाम्रा ग्राहकहरूका लागि निरन्तर रूपमा सुविधाहरू बढाउन हरसम्भव प्रयास गर्दै आएका छौँ । आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढङ्गले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ,’ महानिर्देशक भट्टराईले भने, ‘एमएचपीएल एपमार्फत् अब ग्राहकहरूले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरू प्राप्त गर्न सक्नेछन् । यो त केवल सुरुवात हो, हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरूलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ ।’
एमएचपीएलले दुई पांग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू, ईभी र फोसिल फ्युल इन्धने, भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउने बताइएको छ । संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सृजना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको कम्पनीको भनाइ छ ।
एमएचपीएल के हो ? के–के छन् विशेषता ?
एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवद्र्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर–पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । यसले हालसम्म आफ्नो व्यापक सञ्जालमार्फत नेपालभर कुल १० अर्ब १९ करोड रूपैयाँको कर्जा प्रवाह गरिसकेको कम्पनीले जनाएको छ ।
एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको कम्पनीको भनाइ छ । एमएचपीएल एपमा कर्जा विवरणहरूको जानकारी र बाँकी साँवा रकमको भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरू उपलब्ध छन् । यस्तै, कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरू र झन्झटमुक्त अनुभवका लागि युजर–फ्रेन्डली इन्टरफेस सुविधा पनि यो एपमा रहेको कम्पनीले जनाएको छ ।
बहुउपयोगी यो एप हिजो आइतबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीएलका महप्रबन्धक प्राणनाथ भट्टराईले संयुक्तरूपमा सुरूवात गरे ।
FACEBOOK COMMENTS