एजेन्सी । धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो ।” लाओसमा रेकर्ड गरिएका सबै मृत्युको १५ प्रतिशत धुम्रपानबाट हुन्छ ।” मन्त्रालयअन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले स्वास्थ्यमन्त्री बोनफेङ फौममालेसिथलाई उद्धृत गर्दै भनेको छ ।
गम्भीर रोग, अपाङ्गता र चाँडो मृत्युको मुख्य कारण धुम्रपान र नजिकका मानिसहरूले ‘सेकेन्ड ह्यान्ड’ धुम्रपान भएको मन्त्री बोनफेङले बताए ।
सुर्तीजन्य पदार्थको कर बढाउने, सबै प्रकारका सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने, कार्यस्थल र सार्वजनिक स्थानहरूलाई धुम्रपानमुक्त बनाउने, धुम्रपान र सुर्तीजन्य पदार्थको सम्पर्कबाट हुने हानिबारे जनतालाई सचेत गराउने जस्ता प्रभावकारी सुर्ती नियन्त्रण उपायहरू भएमा धुम्रपानबाट हुने मृत्युलाई रोक्न सकिने रिपोर्टले उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS