काठमाडौं । गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ ( कस्ता रमाइला मेरा प्रिय ) प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ । ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ ।
गीतकार डा खतिवडाले भने, ‘प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ । प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’ सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ ।
कृतिमा चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहएका गीतकार खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS