काठमाडौं, चैत १३- सांग्रिला डेभलपमेन्ट बैंकले आज विभिन्न स्थानका ६ वटा शाखा मात्र खुल्ने जनाएको छ । बैंकको उक्त शाखाहरु आज जम्मा दुई घण्टाको लागि मात्र खुल्ने जनाएको हो ।
बैंकको काठमाडौं, भक्तपुर,ललितपुर, पोखरा, चितवन र बाँके शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएको हो । नेपाल राष्ट्र बैंकले चैत १२ गते९हिजो० सम्पूर्ण इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको सूचना अनुसार संस्थाले उक्त शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको हो ।
बैंकले विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार(एटीएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, आदि) प्रयोग गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ । यस बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले संस्थाले केहि समयका लागि बैंक खुल्ला राखेको जनाएको छ ।
