काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले ब्युटी सैलुनमा पनि विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक र कर्मचारीलाई छुट सुसवधा उपलब्ध गराउन काठमाडौंको कमलादीस्थित हेयर एण्ड शान्तिसँग विशेष सम्झौता गरेको छ । हेयर एण्ड शान्ति युनिसेक्स हेयर सैलुन हो ।
सम्झौतासँगै सो सैलुनमा थ्रेडिङबाहेकका आधा दर्जन भन्दा बढी सेवाहरूमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । प्रोफेसनल मेकअप, पेनलेस डिपिलेसन, हेयर कट एण्ड स्टाइलिङ, आईल्यास एक्स्टेन्सन, प्रोफेसनल स्टाइलिस, स्पा प्रोसेड्युर्स, रि–जेनेरेटिङ ट्रिटमेन्ट्स तथा मेनीक्योर र पेडीक्योर सेवा २०–३० प्रतिशतसम्म छुट पाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो सेवासम्बन्धी सम्झौतामा हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा बिद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS