कठमाडौं, चैत १५– सनराइज बैंकले कोरोनाभाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगञ्जमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।
यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने विश्वास बैंकको छ छ ।
सम्पूर्ण विश्व नै त्रसित हुनेगरी फैलिरहेको कोरोनाभाइरसले नेपाललाई समेत असर गरेसँगै नेपाल सरकारले सात दिनको लकडाउन गरी आ–आफ्नो घरमा सुरक्षित रहन भनेको छ । यो अवस्थामा नेपाल सरकारलाई साथ दिन र सहयोग गर्न सबै सघंसस्था तथा व्यक्तिहरुको भूमिका उत्तिकै हुन्छ ।
यहि अवधारणाअन्तर्गत सनराइज बैंकले समाजिक उत्तरदायित्व वहन गरी कोरोनाभाइरसलाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण ६५ थान सहयोग गरेको जनाएको छ ।
नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आइ।जी।पी। ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेका हुन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने सिइओ शर्माले बताए ।
कार्यक्रममा आइ.जी.पी ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको बताए ।
FACEBOOK COMMENTS