काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ ।
महासङ्घको असार ११ र १२ गते काठमाडौँमा सम्पन्न प्रथम महाधिवेशनबाट घर्तीमगरको नेतृत्वमा एक सय सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । महासङ्घको उपाध्यक्षमा युवराज गुरुङ, मोहन छन्त्याल र विश्वदीप लिङ्देन, महामन्त्रीमा जगतबहादुर बराम, रामजी कोङरेन र मनहरि श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन संयोजक विनोद गुरुङले जानकारी दिए ।
सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुती कुमाल, अभिषेक चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, चेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल निर्वाचित हुनुभएको छ ।
यसैगरी, सदस्यमा सात प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको संयोजक गुरुङले बताए । महासङ्घको प्रथम महाधिवेशनको मङ्गलबार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
FACEBOOK COMMENTS