काठमाडौं, चैत २० -महालक्ष्मी विकास बैंकले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएका श्रमीकहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले ज्याला मजदुरी गरेर जीविकोपार्जन गदैआएका श्रमीकहरुकालागी चार लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको हो ।
बैंकले उक्त सामग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिहिबार प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापनगर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS