![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गरे । ‘बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरुलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ’, उनले भने ।
सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँचजनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS