काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि सिटिजन्स क्यापिटललाई हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।
त्यसका लागि सम्झौता भएको छ । सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
FACEBOOK COMMENTS