काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पक्राउ परेका एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
प्रतीकलाई यही असार १४ गते शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकराणमा उनको नाम मुछिएपछि उनी फरार रहँदै आएका थिए । उनीविरुद्ध थापाविरुद्ध २०८० साल जेठ १० नै मुद्दा दायर भएको थियो ।
आज मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउन भनेको हो ।
अदालतको आदेशसँगै उनलाई केन्द्रीय कारागार पठाइएको छ ।
यसैबीच, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको हो ।
यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । यसअघि पनि यो मुद्दा हेर्दा हेर्दैमा थियो ।
यो पनि पढ्नुहोस्–
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा
FACEBOOK COMMENTS