काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा बिक्री दर १३३ रुपैयाँ ९२ पैसा छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा बिक्री दर १४३ रुपैयाँ ५४ पैसा छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६५ पैसा बिक्री दर ८९ रुपैयाँ ०५ पैसा छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा बिक्री दर ३५ रुपैयाँ ७० पैसा छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा बिक्री दर २८ रुपैयाँ ३८ पैसा छ ।
FACEBOOK COMMENTS