काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनियम संचिती रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।