काठमाडौं । बचत गर्ने बानीको विकास गर्न भन्दै दिदी–भिनाजुले भाइलाई बीमालेख उपहार दिएका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–३ मेथिनकोट निवासी दिदी–भिनाजु उमेश धिताल र सुनिता अधिकारी धितालले भाइ सुमन अधिकारीलाई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएको बीमालेख उपहार दिएका हुन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट स्थायी ठेगाना भइ हाल चाँगाथली–७ ललितपुरमा बसोबास गर्दै आएका सुमन अधिकारीको २५औँ जन्मदिनको अवसरमा आफ्नो परिवारको तर्फबाट जीवन बीमालेख उपहार दिएको उनकी दिदी सुनिता अधिकारीले जानकारी दिइन् ।
जन्मदिनलगायत विशेष दिनबाट बचत सुरूवातको प्रण गर्न सकुन् भन्ने उद्देश्यका साथ आफूहरूले नगद, जिन्सी वा अरु उपहारको सट्टामा बीमालेख उपहार दिएको उनले बताइन् । बीमालेखबाहेकका उपहार अनावश्यक रूपमा खर्च भइ महत्व समेत कम हुने तथा बीमालेखले बचतको बानीको विकास गर्ने भएकाले थप महत्वपूर्ण रहेको उनको भनाइ छ ।
जति कमाए पनि बचत नगर्ने र खर्च मात्रै धेरै गर्ने नेपाली सामाजिक परिपाटीलाई बदल्दै अब भविष्यको सहजताका लागि बचत पनि सुरू गर्नुपर्छ भन्ने शिक्षा बीमाले दिने सुनिता अधिकारीले बताइन् । आज जति कमाइ भइरहेको छ त्यसैबाट क्षमता अनुसारको बीमा गरेर जीवन सुरक्षा र आर्थिक सुरक्षा गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
यो अन्तर्वार्ता पनि पढ्नुहोस्–
प्रत्येक नेपालीले आज बीमा गर्ने हो भने १५ वर्षपछि सबै धनी बन्नेछन् (भिडिओ वार्ता)
FACEBOOK COMMENTS