नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उच्चशिक्षाकालागिविदेशीभूमिमा रहेका नेपालीविद्यार्थीहरुलाई सहयोग गर्नकालागिआपतकालीनफारम http://tiny=cc/dengmz मार्फत समस्यादर्ताको शुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ भनिने कोरोनाभाइरसकाकारण विदेशमाअध्ययनरत विद्यार्थीहरु समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ताविद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यानकोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
‘कोरोनाभाइरसकाकारण दुःखपाएकाविद्यार्थीहरुलाई खाना, बस्न र स्वास्थ्य सम्बन्धिकुनै पनि समस्या समाधानको पहलगर्न फारम बनाइएको हो, जहाँविद्यार्थीले आफ्ना समस्यादर्ता गर्दछन’ पाण्डेले भने ।
उनकाअनुसार संसारकाकुनै पनि देशमाभएकाविद्यार्थीहरुले आफ्नो समस्याफारममादर्ता गर्न सक्छन् । उनीहरुका समस्या समाधानकालागि नेपाल सरकार शिक्षामन्त्रालय, सम्बन्धित देशकादूतावास, एनआरएनए, नेपाल स्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी तथाविभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोग गरिनेछ ।
अध्यक्ष पाण्डेकाअनुसार इक्यानले तीविद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमाशिक्षामन्त्रालयसँगनिरन्तर छलफल गरिरहेको समेत जानकारी दिए। शिक्षामन्त्रालयसँगको छलफलमा विदेशमा रहेकाविद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको छ। यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेकाआफ्नाविद्यार्थीलाई बढीमा ५सय अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्थागरिसकेको छ। सो रकमलाई हालको महामारीको अन्त्यनभईन्जेल प्रतिमहिना १हजार अमेरिकी डलर वनाउनमन्त्रालयलाई अनुरोध गरिएको छ ।
नेपालबाट उच्चशिक्षाअध्ययनकालागिविदेश गएकाविद्यार्थीहरुलाई कुनै पनिप्रकारको समस्यानहोस भन्ने उद्देश्यले समस्या समाधानगर्नु पहिलो कर्तव्य भएकाले इक्यानले अग्रसरतालिएको उनको भनाइ छ। जसमाविद्यार्थीले इक्यानले बनाएको रजिष्ट्रेसन फारममा http://tiny=cc/dengmz आफ्ना सम्पूर्ण विवरण भरेर आफूलाई परेको समस्याबारे जानकारी दिन सक्छन्।
कोरोनाभाइरसकाकारण हालविश्वका एक तिहाइमानिसहरु लकडाउनमा छन् ।जसले गर्दा सम्पूर्ण कारोबार सुस्त हुँदात्यसको असर सम्पूर्ण अर्थतन्त्रमा परेको छ । जसले गर्दा विदेशमा रहेको विद्यार्थीलाई समेत असर परेको छ । हाल सबैभन्दा धेरै नेपालीविद्यार्थीहरु अष्ट्रेलियामाअध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्यूजिल्याण्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपालीविद्यार्थीहरु अध्ययनरत छन् ।
यस विषम परिस्थितिमाइक्यानले कोरोनाभाइरसको महामारीले आक्रान्तपारेको सबैलाई धैर्य धारण गर्दै संक्रमणबाट जोगिन र सचेत हुन समेत अपिल गरेको छ ।
FACEBOOK COMMENTS