काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा आफ्नो एक्सटेन्सन कार्यालय स्थापना गरेको छ ।
सो एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरे ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।
एक्सटेन्सन काउन्टरले व्यवसायी सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सारसम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य बैंकको छ ।
यसैबीच, बैंकले आफ्नो भीमदत्त नगरपालिका–५, महेन्द्रनगरस्थित क्याम्पस रोडमा रहेको महेन्द्रनगर शाखा सोही नगरपालिकाको ४ नम्बर वडामा स्थानान्तरण गरेको छ ।
एसबिआई बैंकले १०० वटा शाखा, २२ वटा एक्स्टेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ, ७ वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिस र १२१ वटा एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS