काठमाडौं । उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताए ।
उनले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताए । उनले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रबार रोकिएको जानकारी आएको बताए ।
उनले राष्ट्र बैंकले छिटै मौद्रिक राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको बताए । उनले राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको जानकारी गराए ।
FACEBOOK COMMENTS