काठमाडौं । गुराँस लघुवित्तको नाफामा उछाल आएको छ ।
असार मसान्तसम्म कम्पनीको नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १६ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ । कम्पनीको खराब कर्जा ३.९० प्रतिशतबाट घटेर २.४६ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS