काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव २५ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय ६० दशमलव ९० विन्दुमा पुगेको छ ।
आज ३३२ कम्पनीको ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँको कारोबार भएको छ ।
यो कारोबार रकमले शेयरबजारमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।
आज बुधबार नेप्से इन्डेक्स २ दशमलव ३८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव २८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ०५ प्रतिशत बढेको छ ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ भने फाइनान्स उपसूचकमा सर्वाधिक ८.०८ प्रतिशतको वृद्धि आएको छ । दुई दिनअघि करिब १० प्रतिशतले बढेको बैंकिङ उपसूचकमा आज १.०४ प्रतिशतको मात्रै वृद्धि आएको छ ।
FACEBOOK COMMENTS