काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।
रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता सँगै अब एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांश वितरण लगायत सेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबीआई मर्चेन्टबाट हुनेछ ।
FACEBOOK COMMENTS