वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँच सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।
वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा रु दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार बराबरका इनधनबाट चल्ने एक हजार चार सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व आम्दानी गरेको छ ।
आव २०७९-८० मा भने यो कार्यालय हुँदै रु एक अर्ब ७८ करोड ८७ लाख ६७ हजार मूल्य बराबरको एक हजार एक सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए । ती सवारीसाधन आयात हुँदा राज्यले चार अर्ब नौ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो । आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए । “गत आवमा आर्थिक मन्दी र सवारीसाधनको आयातमा कमी हुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ”, उनले भने ।
आव २०८०-८१ मा रु एक अर्ब १४ करोड ५० लाख ६७ हजार मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु ५८ करोड १३ लाख १३ हजार मात्रै राजस्व सङ्कलन गरेको छ ।
कार्यालय काअनुसार आव २०७९-८० मा यो भन्सार कार्यालय हुँदै रु एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आवमा यो कार्यालयले भन्सारवापत रु ६० करोड ८८ लाख ६२ हजार सङ्कलन गरेको छ ।
आव २०८०-८१ मा रु ३५ करोड ३८ लाख ४० हजार मूल्य पर्ने दुई सय ४० वटा डबल क्याव पीकअप सवारी आयात भएको थियो । सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो । जबकी आव २०७९-८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो । ती गाडी आयात हुँदा राजस्व भने रु एक अर्ब ५५ करोड ४३ लाख १९ हजार सङ्कलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आव २०७९-८० को तुलनामा गत आवमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।
आव २०८०-८१ मा रु २७ करोड ४४ लाख ८९ हजार मूल्य पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट रु ३४ करोड ५४ लाख १० हजार राजस्व सङ्कलन भएको छ । जबकी आव २०७९-८० मा भने रु ८३ करोड १९ लाख दुई हजार मूल्य पर्ने आठ हजार सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व सङ्कलन भयो । आव २०७९-८० को तुलनामा आव २०८०र८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।
आव २०८०-८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा रु ५७ करोड नौ लाख २४ हजार राजस्व सङ्कलन भएको छ । आव २०७९-८० मा भने रु ८३ करोड ७४ लाख ६९ हजार मूल्यका तीन सय ५४ वटा ट्रक, मिनि ट्रकको आयात हुँदा राज्यले रु ४८ करोड ३२ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो ।
आव २०७९-८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार गत आवमा आयात भएका सवारीसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व सङ्कलनमा आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।
FACEBOOK COMMENTS