काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले १२औं वार्षिकोत्सव मनाएको छ।
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो ।
हाल एनआईएमबी एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्याङ्कन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ।
साथै हालसम्म ४१ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्न सफल एनआईएमबीे छ। साथै ५० हजार भन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै दुई सयभन्दा बढी आईपिओ÷एफपिओ जारी गर्न सफल रहेको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी र पूर्व मुख्य सचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हासिल गरेको उपलब्धीलाई बधाई तथा शुभकामना दिएका थिए।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ। यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड – एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ।
हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ।
एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरू प्रदान गर्दै आइरहेको छ। एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
FACEBOOK COMMENTS