काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु र महासचिवमा राजाराम खड्का सर्वसम्मत चयन भएका छन् ।
संघको हिजो शनिबार काठमाडौंमा सम्पन्न २०औं साधारणसभाले मारुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
मारुको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् भने महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
तीन वर्ष कार्यावधि रहेको नयाँ कार्यसमिति सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेञ्जिङ लाक्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् ।
यस्तै, राजन कुमार झा संघको आमन्त्रित सदस्य सर्वसम्मत चयन भएका छन् भने सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा उत्खनन, विद्युत्, बैकिङ् लगायतका समस्या समाधानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने उनले बताएका छन् ।
FACEBOOK COMMENTS