काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ५६ करोडभन्दा १ अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले बढेर ११ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६७.४३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ ।
बैंकले २ खर्ब ३ अर्ब ९० करोड रुपैयाँको निक्षेप परिचालन गरेर २ खर्ब ३२ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ६१ अर्ब ६६ करोड र जगेडा कोषमा २२ अर्ब ४४ करोड छ ।
बैंकको प्रतिसेयर आम्दानी १३।१० रुपैयाँ, नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS