काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ ।
यो अघिल्लो आवको तुलनामा ५८.६० प्रतिशत बढी हो ।
अघिल्लो आवमा पनि बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ पुगेको छ । संचालन नाफा ७ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै नाफामा बढेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ। बैंकको लाभांश दिने क्षमता ५.२० प्रतिशत रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा तथा कोषमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको
बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४.७८ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS