काठमाडौं । शेयर बजारमा आज भारी गिरावट आएको छ ।
आज मंगलबार १४५.०५ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ६५१ दशमलव ३२ विन्दूमा झरेको छ ।
आज कुल ३२२ वटा कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर दुई लाख ७१ हजार ५८७ पटक खरिद बिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको टनओभर भएको छ ।
आज २३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटाको मात्रै बढेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सेयर बजारमा भारी अंकको गिरावट आए पनि कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज २३ अर्ब ७१ करोडको कारोबार भएको छ भने यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको शेयर कारोबार भइ कीर्तिमान बनाएको थियो ।
FACEBOOK COMMENTS