काठमाडौं । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।
आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।
सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ । यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS