काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन ल्याएको छ ।
जसअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । यसैगरी, साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन । आजदेखी शुरु भएको यो क्याम्पेन दुई सातासम्म चल्ने जनाइएको छ ।
कम्पनीका अनुसार क्याम्पनेमा सहभागी हुन चाहने ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा जान सक्नेछन् । क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्र मार्फत छनोट गरिने र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ ।
चाडपर्व नजिकिदै गर्दा आएको यस क्याम्पेनले ग्राहकलाई गाडीको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप सहयोग गर्ने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS