काठमाडौं, बैशाख ३ – सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिए।
सनसिटी अपार्टमेन्टमा बस्ने बेलायतबाट आएका एकै परिवारका तीन सदस्यको र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
मंगलबार तीनमध्ये दुईजनाको कोरोना पोजेटिभ देखिएको थियो।
FACEBOOK COMMENTS