परराष्ट्रमन्त्री डा राणा र विदेश विभाग प्रमुख डा चौथाइवालेबीच भेटमा के भयो कुराकानी ?
कर्पोरट खबर
6:59 am, बिहीबार, भदौ ६, २०८१
काठमाडौं । भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।
भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।
भ्रमणका क्रममा मन्त्री डा राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यस्तै सोही दिन आफ्नाभारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गरे ।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो ।
FACEBOOK COMMENTS