काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्सको ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त चयन भएका छन् । कमर्सले आज अर्थात् बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका एवम् सफल उद्यर्जा उद्यमी पन्तलाई सभापतिमा चयन गरेको हो ।
यस समितिको सहसभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना उर्जा उद्यमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा उर्जा उद्यमी कुवेरमणि नेपाल, आशिष थापा, विश्वप्रकाश गौतम, टीएन आचार्य, सतीश तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् । समितिले उर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने जनाएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको आफ्नै कार्यालयमा भएको समारोहमा कमर्सका अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS