काठमाडौं । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्राण्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार निसान ब्राण्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ सो बराबरको कर्जा र विद्युतीयबाहेकका अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेका क्यूआर कोड स्क्यान गरेर पनि आवेदन दिन सक्नेछन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपाली जनताका घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू छन् ।
साथै मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२औं वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ ।
FACEBOOK COMMENTS