काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ९५ दशमलव ९३ विन्दुमा पुगेको छ । आज ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ९५ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ८१ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ०५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS