काठमाडाैं । आईएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिट्यान्स आदानप्रदानसम्बन्धी रणनीतिक साझेदारीका लागि समझदारी भएको छ ।
आईएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको सम्झौता हस्ताक्षर समारोहमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खानलगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी उपस्थित थिए ।
कमर्स प्लेक्स सिम्पैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिन्ट्रेसद्वारा सञ्चालित लाइसेन्सप्राप्त विदेशी मुद्रा सेवा व्यवसाय (एफएमएसबी) नेपालका लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीका लागि तयार भएको कम्पनी हो ।
कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भने, ‘आईएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्त्वपूर्ण कदम अगाडि बढेको छ ।’
आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने विश्वास व्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
आईएमई लिमिटेड रेमिट्यान्सकाे क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्त्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।
FACEBOOK COMMENTS