काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले मिर्गौला रोग समाजको सहयोगार्थ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
६२औँ वार्षिकोत्सवका अवसरमा आइतबार कालिमाटीस्थित कर्पोरेशनको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा कार्यालयका विभिन्न ओहोदाका कर्मचारी, पत्रकारलगायत विभिन्न ५५ जना व्यक्तिहरूले रक्तदान गरेका छन् ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मान्यतालाई आत्मसाथ गरी कर्पोरेशनले सामाजिक सेवालाई केन्द्रित गरी रक्तदान कार्यक्रम आयोजना गरेको बताएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) लिमिटेड नेपाल सरकारको निजी सार्वजनिक साझेदारी (पब्लिक प्राइभेट पार्टनरसीप–पीपीपी) को अवधारणामा स्थापना भएको नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो । यसले बहुचर्चित आयोडिनयुक्त नुनका साथै चिनी, चामल, तेल, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति गर्दै आएको छ ।
कर्पोरेशनले आगामी बिहीबार (भदौ २७ गते) २६औँ वार्षिकोत्सव समारोह आयोजना गर्दै छ । कार्यालय परिसरमै हुने सो समारोहमा पुरस्कार घोषणा, वितरण र सम्मानको विशेष कार्यक्रम रहेको बताइएको छ ।
FACEBOOK COMMENTS