काठमाडौं, बैशाख ११- जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
साइबर अपराधको मुद्दामा पक्राउ परेका उपध्यायलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।
उनलाई अदालतमा बिहीबार पेश गरिएको थियो उपाध्याय बुधबार साँझ उनकै निवास कुसुन्तीबाट पक्राउ गरेका थिए ।
उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ। उपाध्यायले सामाजिक सञ्जालमा सरकारको कडा विरोध गर्दै आएका थिए।
FACEBOOK COMMENTS