काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।
एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ्ग तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् । बुद्ध एयरका मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।
साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ।
FACEBOOK COMMENTS