काठमाडौं, बैशाख ११- विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड -१९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा पश्चिमनवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।
सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानीमा अबस्थित पाल्पातान्सेन सीमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषाधि छरिएको छ । खानी स्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट ई. प्रा.ली ले रु, ४०१,००० को चेक माथागढी गा. पा. का कार्याकारी प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
साथै, सुनवल नगरपालिकाको दैवीप्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि श्री पाल्पासिमेन्ट प्रा.लि.ले रु २११,१११ सहयोग गरेको छ ।उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर जीवनप्रकाश निरौलालगायतका पदाधिकारीहरुले हस्तान्तरण गरेका छन् ।
FACEBOOK COMMENTS