काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा रहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS