काठमाडौं, बैशाख १४- नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६४ बर्ष पार गरी ६५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्नो नयाँ वेवसाइट लञ्च गरेको छ ।
६५ औं वार्षिकोत्सवको अवसर पारेर पुरानो वेवसाइटलाई आधुनिक र सूचना प्रविधिमैत्रीका रुपमा विकास गर्न नयाँ वेवसाइट लञ्च गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, यस अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर, स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता गरेको छ ।
FACEBOOK COMMENTS