काठमाडौं । क्यानडा को अल्वर्टा प्रान्त को क्यालगरी शहरमा नेपाल को संविधान जारी भएको सेप्टेम्बर १९ का दिन नेपाल दिवस मनाउने कार्यक्रम मनाएको छ।
अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्था हरु एन सी एस सी, सी एन सी ए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरी स्थित अन्य स्थानीय संस्था हरु समेत को संयुक्त आयोजना र सहभागिता मा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा ज्येष्ठ नागरिक हरु , स्थानीय र प्रान्तीय सरकार का प्रतिनिधि हरु र नेपाली जन समुदाय को उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम मा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम मा आगन्तुक हरु लाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए । च्याम्बर का अध्यक्ष समीर पाण्डे ले च्याम्बर ले सबै संग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्य मा पनि च्याम्बरले समूदाय मा समन्वय गरेर अगाडि बढ्ने कुरा बताए ।
एन सी एस सी का अध्यक्ष प्रकाश बस्याल र सी एन सी ए का तर्फबाट विनोद के सी ले नेपाल दिवस को शुभकामना दिएका थिए। गैर आवासीय नेपाली संघ क्यानडा का अध्यक्ष माधव दुलाल ले मन्तब्य राखेका थिए । च्याम्बरका उपाध्यक्ष दिवस ढकाल ले नेपाल को झण्डा को सांकेतिक महत्व र महिमा बारे मन्तब्य राखेका थिए।
FACEBOOK COMMENTS