काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव १९ विन्दुले बढेको छ ।
यससँगै सूचक २४६६ दशमलव ६० विन्दुमा आएको छ । यस अवधिमा १३ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २९ कम्पनीको १५ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS