काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो । हिजो (बुधबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी १५ रुपैयाँ बढेको हो ।
FACEBOOK COMMENTS