काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
हिजो (बिहीबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी ३० रुपैयाँ बढेको हो ।
FACEBOOK COMMENTS