काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडादसैंको उत्साहमा अझै उमंग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडादसैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धा आयोजना गरेको हो ।
‘हामीलाई त बडादसैं लाग्यो है’ नामक यस टिकटकको जिंगलमा सहभागी प्रतिस्पर्धीहरूले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिंगलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । विजेता चयन भ्युज, लाइक, शेयर र प्रस्तुतिका आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक २४ गतेसम्म सहभागिता जनाउन सक्नेछन् ।
दसैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैका लागि यो बडादसैं रमाइलो रहोस् भन्ने कामनासहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नका लागि नेपाल लाइफ इन्स्यारेन्सले आग्रह गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बडादसैंका अवसरमा आयोजित प्रतियोगितामा सहभागी हुन आग्रह गरे । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरे ।
कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू थप आयोजना गर्दै जाने उनले बताए । यसका साथै पराजुलीले बडादसैं, तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरे ।
FACEBOOK COMMENTS