काठमाडौं, १९ वैशाख – बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालले बालबालिकाहरुले लिनुपर्ने खोप कार्यक्रम नरोक्न सरकारलाई आग्रह गरेको छ । महासंघले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । महासंघका अध्यक्ष मनोज कुमार कँडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘कोरोना लाकडाउनको कारण समयमा बालबालिकाहरुले लिनु पर्ने खोप लिन कठिन भएको, खोपहरु खोप केन्द्रमा नपुगेको र स्वस्थ्यकर्मीहरुसँग अनिबार्य हुनु पर्ने स्वस्थ्य सुरक्षा समाग्रीहरु नभएको कारण नेपालभर नियमित संचालित खोप कार्यक्रममा प्रभाव परेको र ति बालबालिकाहरुले समयमै खोप लिन नपाएको बिभिन्न गुनासोहरु र समाचारहरु आएको सन्दर्भमा यस बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
‘ साथै महासंघले खोपको बिषयमा गम्भिर बन्न आग्रह गर्दै ‘यस सम्बन्धमा स्वस्थ्य मन्त्रलायलाई गम्भिर हुन र तल्काल प्रदेश तथा स्थानिय सरकारलाई सक्रिय बनाई आबश्यक व्यवस्था मिलाई ति बालबालिका खोपबाट बन्चित हुन नपर्ने बाताबरणको लागी यस महासंघ जोडदार माग गर्दछ ।’ भनेको छ । ‘नियमित लिनु पर्ने बिभिन्न प्रकारका ति खोपहरु समयमा नपाउदा बालबालिकाहरुमा छिट्टै अर्को महामारी आउन सक्ने र उनीहरुको खोप सम्बन्धी अधिकार हनन भई बाच्न पाउने अधिकार समेत कुण्ठित हुने हुदा सम्बन्धीत निकायहरुलाई महासंघ गम्भिर हुन साथै खोप कार्यक्रम कुनै पनि हालतमा नरोक्न र ढिला हुन नदिन सम्बन्धीत निकायलाई यस महासंघ हार्दिक अनुरोध गर्दछ’ महासंघले अन्तिम अनुच्छेदमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS