काठमाडौं, बैशाख २०- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको हो ।
बैशाख ८ मा सरकारले ल्याएको अध्यादेशपछि उत्पन्न विवादको समाधान खोज्न शनिबार बस्ने सचिवालय बैठक निर्णायक हुने भएकाले यसलाई नेकपाका नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् ।
यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रतिउत्तरमा ओलीले आफूले कोरोना भाईरस संक्रमण कम भएलगत्तै गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष छाड्ने वचन दिएका थिए।
प्रधानमन्त्रीको राजीनामाका विषयमा ओली समूह र नेपाल–प्रचण्ड समूहबीच विवाद देखिने भएकाले आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ।
FACEBOOK COMMENTS